माननीयको रुन्चे हाँसो,बिद्यासुन्दरले लगाई दिए सनासो



हाम्रो इकोनोमि

नाफामुलक कारखाना चलाएर जन साधारणलाइ ठगी गर्ने मात्र होइन राज्यको सम्पतिमाथि हालीमुहाली गर्ने विद्वान यतिबेला थलिएका छन्। बागमतीको जग्गा सर्लक्कै आफ्नो नाममा हत्याएका यी भूमाफिया अहिले माननीय पनि छन्। आफ्नै बर्गतले भन्दा पनि पैसा खुवाएर साम्सद पद किनेका उनले गरेका दुस्कर्मले नै हुनुपर्छ उनि नराम्ररी थलिएका छन्।राज्य मंत्री बनाईदेउ बन्दै बिजय गच्छेदारकोमा धाउन थालेका उनै अर्थात् बाबुराम पोखरेल नामुद शैक्षिक माफिया पनि हुन्।

विजयकुमार गच्छदारलाई ५ करोड दक्षिण दिएर किनेको सांसद हुन् यी बाबुराम पोखरेल ।
यिनी भीएस निकेतन, ग्लोरियस र शंक इन्टरनेशनल स्कूलसँग सम्बद्ध शिक्षाविद पनि हुन् ।
राजधानीवासी बागमती सफाइमा जुटिरहेका बेलामा निरन्तर स्कूलको फोहर बागमतीमा फाल्ने सांसदलाई कारवाही गर्ने कसले ?
यस्ता माष्टरले विद्यार्थीहरुलाई कस्तो शिक्षा दिए होलान् ? शिक्षाको मन्दिरमा सबैभन्दा ठूलो शिक्षा नैतिकताको दिइन्छ ।
जब हेडसर नै नैतिकहीन छन् भने यिनले दिएको शिक्षा नैतिक होला र ? त्यसमाथि विधि निर्माता ।
जब आफै लोकलज्जा त्यागेर कानुन मिच्छन् र कसले कारवाही गर्ने मलाई भनेर साँढे डुििक्रएझैं डुक्रिन्छन् भने यस्ताले संविधान कार्यान्वयन गर्ने ?
हो विद्या सुन्दर शाक्य चुनाव जितेर बहाली भएपछि उनी आफैले यी सांसदलाई भेटे र स्कूललाई जरीवाना पनि गरे । आइन्दा बागमतीमा फोहर नफाल्न अनुरोध पनि गरेका छन् ।
तैपनि यिनले चलाएका स्कूलका फोहर रात रातभरि बागमतीमा खसाल्ने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...