काँग्रेसको नौजना क्रियाशील सदस्य निष्काशित



हाम्रो इकोनोमि

भद्रपुर । स्थानीय निर्वाचनमा भद्रपुर नगरको नेपाली काँग्रेसको नेतृत्वलाई हराउन प्रत्यक्ष भूमिका खेलेका नौजना क्रियाशील सदस्यलाई नेपाली काँग्रेस भद्रपुर नगर समितिले निष्काशन गरेको छ ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पु¥याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौजनालाई पार्टीको विधानअनुसार निष्काशन गरिएको हो ।

यसरी निष्काशित हुनेमा भद्रपुर–१ का कुलप्रसाद सङ्ग्रौला, अरुणकुमार उप्रेती, उकीन्द्र खरेल र सरोज सङ्ग्रौला रहेका छन् ।

यसैगरी, भद्रपुर–४ का मनोज केसी, भद्रपुर– ७ का दुर्जनसिंह राजवंशी, जगदीश काफ्ले, हरिप्रसाद निरौला छन् भने भद्रपुर– ८ की कुन्तीदेवी राई लगायतले पार्टीको हितविपरीत विपक्षी पार्टीलाई फाइदा पुग्नेगरी बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा निष्काशन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...