काँग्रेसको नौजना क्रियाशील सदस्य निष्काशित



हाम्रो इकोनोमि

भद्रपुर । स्थानीय निर्वाचनमा भद्रपुर नगरको नेपाली काँग्रेसको नेतृत्वलाई हराउन प्रत्यक्ष भूमिका खेलेका नौजना क्रियाशील सदस्यलाई नेपाली काँग्रेस भद्रपुर नगर समितिले निष्काशन गरेको छ ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पु¥याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौजनालाई पार्टीको विधानअनुसार निष्काशन गरिएको हो ।

यसरी निष्काशित हुनेमा भद्रपुर–१ का कुलप्रसाद सङ्ग्रौला, अरुणकुमार उप्रेती, उकीन्द्र खरेल र सरोज सङ्ग्रौला रहेका छन् ।

यसैगरी, भद्रपुर–४ का मनोज केसी, भद्रपुर– ७ का दुर्जनसिंह राजवंशी, जगदीश काफ्ले, हरिप्रसाद निरौला छन् भने भद्रपुर– ८ की कुन्तीदेवी राई लगायतले पार्टीको हितविपरीत विपक्षी पार्टीलाई फाइदा पुग्नेगरी बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा निष्काशन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...