खाडी मुलुकसँग कतारले क्षतिपूर्ति माग गर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको कतार सरकारले बताएको छ ।

कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भन्नुभयो, “समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक सङ्घसंस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्नेछ र क्षतिपूर्ति दावी गर्नेछ ।”

उहाँले केही विवरण पेश गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय संरचनालाई प्रयोग गरी क्षतिर्पूिर्त माग गर्ने बताउनुभयो ।

नव गठित समितिमा कतारका न्याय तथा विदेश मन्त्री पनि सदस्य रहेका छन् ।

सायदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारले आतङ्कबादलाई सघाएको आरोप लगाउँदै कतारसँगको कुटनैतिक सम्वन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।

कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...