मौद्रिक नीति सार्वजनिक भएको दिन बढ्यो सेयर बजार, १ अर्ब बढीको कारोबार !



काठमाण्डौं । आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएकै दिन १ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्ला दिनका तुलनामा निकै धेरै हो। यसअघि बिहीबार ७६ करोडको कारोबार भएको थियो भने बुधबार जम्मा ४८ करोडको सेयर खरिदबिक्री भएको थियो।

कारोबारको सुरुवाती समयमा करिब २२ अंक बढेको बजार मौद्रिक नीति सार्बजनिक भए पछी २० अंकले घटेको थियो। पछी दुई अंकले बढेर १५८४ अंकमा कायम भएको छ। बैंकिङ र फाइनान्सबाहेक सबै समूह ओर्लिएका छन्। बैंकिङ ८ अंकले बढ्यो भने फाइनान्स समूह २ अंकले बढ्यो। होटल २८, विकास बैंक ११, जलविद्युत ८, बिमा २१, उत्पादन १२ र अन्य समूह १ अंकले घटे।

नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड २७ लाखको सेयर किनबेच हुँदा एनसीसी बै।कको ४ करोड ५२ लाखको कारोबार भयो। एभरेष्ट इन्स्योरेन्स, सानिमा बैंक र स्टान्डर्ड चार्टड पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

फरवार्ड माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए। गुमाउनेमा लघुवित्त कम्पनीहरु अगाडि रहे। अघिल्ला दिनसम्म मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाइने हल्ला चलाइएका बेला मौद्रिक नीतिले सोअनुरुप पुँजी नबढाएपछि ति कम्पनीहरुको मूल्य बढी घटेको हो।

वमी माइक्रोफाइनान्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ता गुमाउनेमा अगाडि रहे। ति कम्पनीको मूल्य ५ प्रतिशत बढीले घट्यो। विजय लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स र रुरल माइक्रोफाइनान्सका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार