उपेन्द्र यादवको पार्टीले भन्यो – संबिधान संशोधन फेल हुन्छ,पुनर्लेखन गर्नुपर्छ



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरमले अहिलेको संविधान संशोधन प्रस्तावले तराई–मधेसको समस्या समाधान नहुने भन्दै संघीय समाजवादीले विधेयक परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनु पर्दछ, भनेको छ ।अहिलेको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर मात्रै संसदमा छलफल गराउनु पर्ने निष्कर्ष निकालेको हो ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पदाधिकारी बैठकले संविधान संशोधनका सम्बन्धमा यस्तो निर्णय गरेको हो ।

संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले सुरुमा उठेका मुद्दाहरु आन्दोलनरत पक्ष र सरकारी पक्षबाट कमजोर पारिएकाले जस्ताको त्यस्तै संशोधन विधेयकमाथि छलफल गराउनुको अर्थ नरहेको बताए ।

उनले भने, ‘राजपालाई चुनावमा सहभागि गराउन र मतदानमा मात्रै लैजान संविधान संशोधन गर्न लागिएको छ । यसरी समस्या समाधान हुँदैन । समस्या जहाँको त्यही हुनेछ । राजपा चुनावमा मात्रै सहभागि भएको सिद्ध हुने छ ।’ यसले उपलब्धि हुँदैन ।

यस्तै, डा. यादवले अर्को खतराको संकेत समेत गरेका छन् । उनले भने, ‘अंक गणितमा मात्रै ध्यान दिइएको छ । सवैलाई मान्य हुनेगरी संशोधन विधेयक ल्याइएको छैन । पास वा फेल भनेर निर्णयार्थ पेश भएको खण्डमा यो संशोधन फेल हुन्छ ।’
संसदीय इतिहासमा सांसद लुकाउने र किन्ने घटना भएका उदाहरण छन्, ‘अहिले पनि सबैलाई मान्य हुने गरी संविधान संशोधन विधेयक परिमार्जन गर्नै पर्छ ।

नभए फेल गराउने वातावरण बन्दै गएको देखिन्छ ।’ भोलि हामीले भने जस्तो भएन भनिएला । फेरि संशोधन गरौँ भन्ने आवाज उठ्ला, डा. यादवले थपे, ‘यसरी अघि बढ्ने हो भने जहिल्यै संविधान संशोधनकै झमेला आइलाग्ने अवस्था आउने छ । जसलाई चित्त बुझेन उसले अड्को थाप्न सक्ने भए ।’ त्यसैले सोच विचार र छलफल गरेर मात्रै संशोधन अघि बढाइनु पर्दछ भनेका हौँ, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...