जुम्ल्याहा दाजुभाइद्वारा ३८ लाखको लगानीमा भेडापालन शुरु



हाम्रो इकोनोमि

बेनी (म्याग्दी) । स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले रु ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन् ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहेकाले ठूलै लगानी गरेर भेडापालनमा सक्रिय भएको लक्ष्मणले बताउनुभयो ।

मुस्ताङको लेतेस्थित माथिल्लो खर्कमा रहेका भेडाको रेखदेखमा राम रहनुभएको छ भने लक्ष्मणले गाउँकै कृष्ण आधारभूत विद्यालयका शिक्षणका साथै गाउँमा पशुसेवा कार्यालयले उपलब्ध गराएको गोठ र जाडोयाममा आवश्यकपर्ने घाँससहितको जोहो गर्दै आउनुभएको छ । दुवै दाजुभाइले वैदेशिक रोजगारका शिलशिलामा कतारमा करिब आधा दशक बिताए पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि गाउँ फर्किएका थिए ।

पुर्जासँगै गाउँकै छविलाल शेर्पुजासमेत भेडापालनमा सक्रिय हुनुहुन्छ । शेर्पुजाको दुई सय पाँच भेडा छन् । वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएका उहाँले पुर्जा दाजुभाइलाई पनि यो पेशाप्रति आकर्षित गराउनुभयो । अन्नपूर्ण गाउँपालिकाका विभिन्न खर्कमा ६५ कृषकका करिब ११ हजार भेडा छन् । पशुसेवा कार्यालयमार्फत विभिन्न कार्यक्रम अन्तर्गत रु ७० लाख भन्दा बढी यस क्षेत्रमा लगानी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...