मौद्रिक नीति सार्वजनिक,अब घर र गाडी किन्न सहज



हाम्रो इकोनोमि

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले अटो लोनमा गरेको कडाईलाई खुकुलो गरेको छ ।
मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) लाई राष्ट्र बैंकले घटाएको छ । राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ६५ प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो ।
आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जीवि नेपालले यस्तो जानकारी गराए ।
यदि १ करोड रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले ६५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् ।

ग्राहकले ३५ लाख डाउन पेमेन्ट गर्नुपर्नेछ । यो सीमा निजी अटो लोनमा मात्रै हो । यस्तै, नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको रकमको सीमा बढाएको छ । अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड मात्रै ऋण प्रवाह गर्दै आएका थिए ।
अब भने १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा पाउने गरी नयाँ मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...