मौद्रिक नीति सार्वजनिक,अब घर र गाडी किन्न सहज



नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले अटो लोनमा गरेको कडाईलाई खुकुलो गरेको छ ।
मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) लाई राष्ट्र बैंकले घटाएको छ । राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ६५ प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो ।
आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जीवि नेपालले यस्तो जानकारी गराए ।
यदि १ करोड रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले ६५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् ।

ग्राहकले ३५ लाख डाउन पेमेन्ट गर्नुपर्नेछ । यो सीमा निजी अटो लोनमा मात्रै हो । यस्तै, नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको रकमको सीमा बढाएको छ । अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड मात्रै ऋण प्रवाह गर्दै आएका थिए ।
अब भने १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा पाउने गरी नयाँ मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

सुनको भाउ घट्यो

  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ

चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

  माननीय कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१