बिराटनगर महानगरमा कांग्रेसका भीम पराजुली बने मेयर



हाम्रो इकोनोमि

बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । उपमेयरमा पनि कांग्रेस उम्मेदवार इन्दिरा कार्की विजयी भएकाी छिन्।

मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आएका छन् ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले मत पाइन् ।

बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । कांग्रेस एक्लै चुनावमा होमिएको थियो ।

महानगरका वडाहरुमा पनि कांग्रेस नै हावी भएको छ । कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । मेयरमा विजयी बनेपछि पराजुलीले बिराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...