देउवा र प्रचण्ड संग ओलीको सनक, र त दिएछन यस्तो दनक



प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद्को आयु लम्ब्याउने खेलमा लागेको चर्चा चले संगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु व्यबस्थापिका संसदको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने स्पष्ट पारेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्ता कुरामा नअल्झि आगामी माघ–७ गते भित्र वाँकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताएका हुन ।

एमालेले धनकुटा कब्जा गरे पछि आयोजित बिजय सभालाई सम्बोधन गर्न जाने क्रममा विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मुलुकको हितविपरित आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने बताए ।
प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जवरजस्ती ल्याएको संसोधन प्रस्ताव एमालेलाई स्वीकार्य नहुने बताए ।उनले संविधान संशोधन प्रस्ताव र्फिता लिएर दलहरुबीच छलफल गरेर मात्र सहमतिमा प्रस्ताव ल्याउनुपर्ने बताए । एमाले बिना सबै फत्ते गर्छु भन्ने हरुलाई एमालेले हत्तु हैरान पार्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय