देउवा र प्रचण्ड संग ओलीको सनक, र त दिएछन यस्तो दनक



हाम्रो इकोनोमि

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद्को आयु लम्ब्याउने खेलमा लागेको चर्चा चले संगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु व्यबस्थापिका संसदको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने स्पष्ट पारेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्ता कुरामा नअल्झि आगामी माघ–७ गते भित्र वाँकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताएका हुन ।

एमालेले धनकुटा कब्जा गरे पछि आयोजित बिजय सभालाई सम्बोधन गर्न जाने क्रममा विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मुलुकको हितविपरित आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने बताए ।
प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जवरजस्ती ल्याएको संसोधन प्रस्ताव एमालेलाई स्वीकार्य नहुने बताए ।उनले संविधान संशोधन प्रस्ताव र्फिता लिएर दलहरुबीच छलफल गरेर मात्र सहमतिमा प्रस्ताव ल्याउनुपर्ने बताए । एमाले बिना सबै फत्ते गर्छु भन्ने हरुलाई एमालेले हत्तु हैरान पार्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...