हाइड्रोको झन्डै चार लाख कित्ता आईपिओ आउँदै



हाम्रो इकोनोमि

काठमाण्डौं । कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।

हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार आइपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

दोलखामा ३।५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको हाल अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था सामान्य मात्र रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...