३२५ को मतपरिणाम घोषणा, एमाले १४६ र काँग्रेस ११८ स्थानमा विजयी



काठमाडौँ । दोस्रोचरणअन्तर्गत यही असार १४ गते भएको निर्वाचनको हालसम्म ३२५ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।

अब नौ स्थानीय तहको मतगणना जारी छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रोचरणअन्तर्गत निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १४६, नेपाली काँग्रेस ११८, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका चार र राष्ट्रिय जनमोर्चाका दुई जना उम्मेदवार प्रमुख-अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

त्यस्तै तीन जना स्वतन्त्र उम्मेदवार पनि प्रमुख-अध्यक्ष पदमा विजयी हुनुभएको आयोगले जनाएको छ । दोस्रोचरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख-अध्यक्षमा पदमा नेकपा एमालेले सबैभन्दा धेरै अर्थात ४४ दशमलव ९२ प्रतिशत, नेपाली काँग्रेसले ३६ दशमलव ३१ र माओवादी केन्द्रले ११ दशमलव ६९ प्रतिशत पदमा विजयी हासिल गरेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर– १ का १३१, प्रदेश नम्बर– ५ का १०९ र प्रदेश नम्बर – ७ को ८५ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७०, नेपाली काँग्रेस १००, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

हाल पाँच जिल्लाका नौ स्थानीय तहमा मतगणना भइरहेको छ । झापाको दमक, मेचीनगर, अर्जुनधारानगरपालिका, मोरङको विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको भिमदत्त र पुनर्वास नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना भइरहेको छ ।

दोस्रोचरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो