मेसी टिम गेममा विश्व कै सबैभन्दा महंगो खेलाडी बन्ने बार्सिलोनाको दावी



हाम्रो इकोनोमि

काठमाण्डौं । अर्जेन्टिनी फुटबल कप्तान लिओनल मेसी टिम गेममा विश्व कै सबैभन्दा महंगो खेलाडी बन्न लागेको खुलासा बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेका छन्। बार्सिलोनाले ३० वर्षीय मेसीको आउँदो साता सम्झौता नवीकरण गर्ने घोषणा गरेलगत्तै क्लब अध्यक्षको यस्तो बयान आएको हो।

मेसीको सम्झौता नवीकरणको विषयमा करिब एक महिना मौनधारण गरेका ‘ब्लाउग्राना’ अध्यक्ष बार्टोमेउले क्याटलान मिडियालाई पहिलो जानकारी दिँदै भने, ‘हामी अहिले नै उनको सम्झौता नवीकरणको रकम सार्वजनिक गर्ने छैनौं तर विश्व उत्कृष्ट खेलाडीलाई यही किसिमको पारिश्रमिक रकमको व्यवस्था गर्न लागेका छौं।’

स्पेनको मुन्डो डिपोर्टिभो पत्रिकाले छापेको समाचारमा भनिएको छ, ‘उनी टिम गेममा सर्वाधिक पैसा कमाउने खेलाडी बन्दैछन् किनभने उनले क्लबका लागि जति दिएका छन् अन्य कुनै खेलाडीले आफ्नो क्लबका लागि त्यति योगदान गरेका छैनन् होला !’बार्टोमेउको भनाई उध्रित गर्दै भनिएको छ, ‘जब उनले बार्सिलोनामा निरन्तरता दिने बताए, सबै छर्लङ भयो कुनै समस्या बिना। जुन मैले पहिलेदेखि भन्दै आइरहेको थिए।’

उनले मार्को भेराटीलाई अनुबन्धित गर्ने विषय पेरिस सेन्ट जर्मनी क्लबमा भरपर्ने बताए। ‘हामी भेराटीलाई भित्र्याउन चाहन्छौं। तर, अहिले पिएसजीले नबेच्ने भनेको छ। हाम्रो (स्पेन) मा जस्तै फ्रान्समा खेलाडीलाई मुक्त गर्ने नियम रहेनछ।’

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...