गोप्य सूचनाको हक कार्यान्वयनलाई कुण्ठित गर्न खोज्ने गलत प्रवृति तोड्नुपर्छ
काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले नागरिकले सुचना माग्दा नपाउने परिपाटीको अन्त्य भैसकेको बताएकाछन् ।
‘सूचनाको हक कार्यान्वयनका लागि पत्रकारको भूमिका विषयक’अन्तरक्रिया कार्यक्रममा उनले गोपनीयताको नाममा सूचनाको हक कार्यान्वयनलाई कुण्ठित गर्न खोज्ने गलत प्रवृतिलाई पत्रकारले तोड्न सक्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ नेपाल एफ.एम प्रष्ठिान शाखालेआफ्नै सभाहलमा गरेको अन्तरक्रियामा प्रमुख आयुक्त बास्कोटाले पत्रकारले मौलिक हक अन्र्तगतको सूचनाको हक कार्यान्वयन नगर्न÷नगराउन खोज्नेलाई बाहिर ल्याउँदा राष्ट्रिय सूचना आयोग सदैब सहयोग र सहकार्य गर्न तयार रहने प्रतिवद्धता ब्यक्त गरे । तर आम–नागरिक नै सूचनाको हक सम्वन्धि व्यवस्थाबारे अनविज्ञ हुनु भनेदुःखद भएको भन्दै उनले पत्रकारहरुले कम्तीमा संविधानलेग्यारेन्टी गरेका बृद्धबृद्धा, महिला, कृषक, ब्यावसायीका अधिकारबारेसमेत सुसुचित गराउनुपर्ने आवश्यक्ता औल्याए ।
नेपालको संविधानले पत्रकारका लागि छुट्टै कुनै सुविधा दिएर सूचनापाउन सक्ने ब्यवस्था नगरेको भए पनि सुचना दिनेले एक जनापत्रकारलाई सुचना दिँदा लाखौँ नागरिकसम्म पुग्ने यथार्थ बुझ्नुपर्ने र त्यो अभ्यास सुरु भैसकेको बताए । तर अडियोमार्फत सुचना पाउन सक्ने ब्यवस्था नगरेकाले रेडियोपत्रकारहरुका लागि केहि अप्ठ्याराहरु रहेको बास्कोटाको स्विकारोक्तीछ ।
उनले भने ‘अडियोमार्फत सुचना पाउने ब्यवस्था छैन् । यसकारण रेडियोबाट हेर्दा सूचनाको हक अपुरो छ ।ईमेलमार्फत सुचना माग्न पाउने व्यवस्था छिमेकी भारत लगायतकादेशमा छन् । सुचनाको हकसम्वन्धि थप व्यवस्था गरेर भविष्यमा ऐन संशोधन गर्नसकिन्छ ।’