मोरङमा सातमा काँग्रेस र पाँचतहमा एमाले विजयी



हाम्रो इकोनोमि

विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएका परिणाममध्ये नेपाली काँग्रेसले सातवटा तहमा विजय हासिल गरेको छ भने नेकपा (एमाले) पाँच, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एक–एक स्थानीय तहको प्रमुख पदमा विजयी भएका छन् । विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिकाको मतगणना भने जारी छ ।

यस जिल्लामा एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छ । आठनगरपालिकामध्ये पाँचवटाको प्रमुख पदमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले विजयी भएका छन् ।

यसबाहेक, पथरी–शनिश्चरे र बेलबारी नगरपालिको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने रङ्गेली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाका आठवटा गाउँपालिकामध्ये कटहरि र केराबारीको अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मिक्लाजुङ, कानेपोखरी, ग्रामथानमा एमाले, बुढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...