बामदेब भन्छन- २ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढी जित्छौ



हाम्रो इकोनोमि

पहिलो र दोश्रो चरणको स्थानीय तहको चुनाबमा अरुलाई उछिनेको एमालेका उपाध्यक्ष बामदेव गौतमले असोज २ गते हुन लागेको प्रदेश २ को स्थानीय तह निर्वाचनमा पनि एमाले सोहि गतिमा अगाडी बढ्ने बताएका छन्। ५० प्रतिशत भन्दा बढी स्थान जित्ने ठोकुवा गरेका उनले एमाले २ नम्बर प्रदेशमा अरुले प्रचार गरेजस्तो कमजोर नभएको पनि बताए । उपत्यका र प्रतिष्ठान तहका नेपाल पत्रकार महासंघमा निर्वाचित सभासदको स्वागतमा प्रेस चौतारी नेपालले आयोजना गरेको स्वगत कार्यक्रममा गौतमले उक्त कुरा गरेका हुन् ।
उनले स्थानीय चुनावमा अन्तरघातका कारण एमालेले अपेक्षा गरे अनुसार जित हात पार्न नसकेको पनि प्रष्ट पारे । हचुवा तालमा अनुमान नगरी अध्ययन गरेरै प्रदेश नम्बर २ मा ५० प्रतिशत सिट जित्ने दाबी आफ्नो पार्टीले गरेको उनको भनाइ थियो । उक्त कार्यक्रममा ६ दर्जन पत्रकारलाई उनले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...