आगलागीमा एकै परिवारका चारको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ०३ बजे सो आगलागी सुरु भएको हो । भवनभित्र भीषण लागलागीमा परी चार व्यक्ति मृतक र एक घाइते अवस्थामा फेला परेका प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

आगलागीको कारण स्वासप्रस्वासमा आएको समस्याको कारण ती व्यक्तिको मृत्यु भएको प्रहरीको अनुमान रहेको समाचारमा जनाइएको छ ।

आगो उक्त भवनभरि नै फैलिएकोले आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकलाई तत्काल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

विद्युतीय लाइनमा आएको खराबीको कारण सो आगलागी भएको प्रहरीले थप जानकारी दिएको पनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...