इटहरी उपमहानगरमा एमाले विजयी



हाम्रो इकोनोमि

इटहरी । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंलाइ १९ हजार ९८५ मत प्राप्त गर्नुभएको छ । सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।

बीसवटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा नं १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा काँग्रेसले जित हात पारेको छ । त्यसैगरी, एमालेले वडा नं २, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नं १० मा भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जितेको छ ।

इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । काँग्रेसबाट क्षेत्र नं १ मा विष्णु चौधरी, ३ मा बालकृष्ण विष्ट, ६ मा दीपक गौतम, ७ मा नरबहादुर राई, ८ मा रोहित चौधरी, ११ मा रुपेश चौधरी, १२ मा हेमानन्द दाहाल हिरा, १५ मा श्रवण चौधरी, १६ मा दीपनारायण चौधरी, १७ मा भगवानलाल साह र २० मा मणिराम श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यसैगरी, एमालेबाट वडा नं २ मा हर्क मगर, ४ मा चन्द्र भट्टराई, ५ मा कल्याण कार्की, ९ मा भूपेन्द्र बराल, १३ मा शिवनारायण चौधरी, १४ मा रमेश चौधरी, १८ मा रामकुमार चौधरी र १९ मा नारायण चौधरी विजयी हुनुभएको छ । वडा नं १० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रकाश चौधरीले जित हात पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...