इटहरी उपमहानगरमा एमाले विजयी



हाम्रो इकोनोमि

इटहरी । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंलाइ १९ हजार ९८५ मत प्राप्त गर्नुभएको छ । सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।

बीसवटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा नं १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा काँग्रेसले जित हात पारेको छ । त्यसैगरी, एमालेले वडा नं २, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नं १० मा भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जितेको छ ।

इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । काँग्रेसबाट क्षेत्र नं १ मा विष्णु चौधरी, ३ मा बालकृष्ण विष्ट, ६ मा दीपक गौतम, ७ मा नरबहादुर राई, ८ मा रोहित चौधरी, ११ मा रुपेश चौधरी, १२ मा हेमानन्द दाहाल हिरा, १५ मा श्रवण चौधरी, १६ मा दीपनारायण चौधरी, १७ मा भगवानलाल साह र २० मा मणिराम श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यसैगरी, एमालेबाट वडा नं २ मा हर्क मगर, ४ मा चन्द्र भट्टराई, ५ मा कल्याण कार्की, ९ मा भूपेन्द्र बराल, १३ मा शिवनारायण चौधरी, १४ मा रमेश चौधरी, १८ मा रामकुमार चौधरी र १९ मा नारायण चौधरी विजयी हुनुभएको छ । वडा नं १० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रकाश चौधरीले जित हात पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...