विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै



मोरङ । मोरङको विराटनगर महानगरपालिकामा नेपाली राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले ११ हजार १ सय ५४ मतका साथ पछ्याई रहनुभएको छ ।

संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ३ सय ४१ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की ९इन्दु० ले १२ हजार ६ सय १६ मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार २२ मतसहित पछ्याई रहनुभएको छ । लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ७ हजार १ सय ७६ मत ल्याउनुभएको छ ।

यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्