बहुचर्चित भरतपुर प्रकरणबारे सर्वोच्चमा बहस हुँदै, के हाेला अाज ?



हाम्रो इकोनोमि

गत असार ६ गते कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको पुर्ण इजलासले च्यातिएको मत पत्र सहित निर्वाचन आयोग लगायतका सम्बन्धित सबै निकायले गरेका सम्पूर्ण निर्णयहरूको कागजात झिकाउने आदेश भएको थियो । सोहि आदेश बमोजिम भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना विवादबारे मुद्धाको सुनुवाईकोलागि आज सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशद्वय मिरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलास नं. सातको छैटौँ नम्बरमा मुद्धाको पेशी तोकिएको छ ।

गत जेठ २२ गते न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को एकल इजलाशले निर्वाचन आयोगको नाममा आदेश जारी गर्दै भरतपुर १९ मा पुनः मतदानका लागि कुनै कार्यक्रम सार्वजनिक नगर्न आदेश भएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि आयोगको निर्णय बदर गर्न र स्थगित भएको मत गणना तत्काल चालु गराई पाउँ भनि एमालेका वडा अध्यक्ष उम्मेदवार गुन्जमान विश्वकर्मा समेत दुई जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

अदालतले निर्वाचन आयोगको यस सम्बन्धि गरेको निर्णयको प्रतिलिपि, मुख्य निर्वाचन आयोगको प्रतिवेदन, च्यातिएको मतपत्र, प्रहरीले उठाए घटनास्थलको मुचुल्का, मतगणना स्थगित गर्ने निर्णय र सूचनाको प्रतिलिपि, निर्वाचन अपराध मुद्धाको मिसिलको प्रतिलिपि र अनुगमन समितिको निर्णय र प्रतिवेदनको प्रतिलिपि लगायतका कागजात झिकाउन आदेश गरेको हो । सम्बन्धीत कार्यलयहरुले सबै कागज पत्र सर्वोच्च अदालतमा बुझाई सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...