बहुचर्चित भरतपुर प्रकरणबारे सर्वोच्चमा बहस हुँदै, के हाेला अाज ?



हाम्रो इकोनोमि

गत असार ६ गते कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको पुर्ण इजलासले च्यातिएको मत पत्र सहित निर्वाचन आयोग लगायतका सम्बन्धित सबै निकायले गरेका सम्पूर्ण निर्णयहरूको कागजात झिकाउने आदेश भएको थियो । सोहि आदेश बमोजिम भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना विवादबारे मुद्धाको सुनुवाईकोलागि आज सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशद्वय मिरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलास नं. सातको छैटौँ नम्बरमा मुद्धाको पेशी तोकिएको छ ।

गत जेठ २२ गते न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को एकल इजलाशले निर्वाचन आयोगको नाममा आदेश जारी गर्दै भरतपुर १९ मा पुनः मतदानका लागि कुनै कार्यक्रम सार्वजनिक नगर्न आदेश भएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि आयोगको निर्णय बदर गर्न र स्थगित भएको मत गणना तत्काल चालु गराई पाउँ भनि एमालेका वडा अध्यक्ष उम्मेदवार गुन्जमान विश्वकर्मा समेत दुई जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

अदालतले निर्वाचन आयोगको यस सम्बन्धि गरेको निर्णयको प्रतिलिपि, मुख्य निर्वाचन आयोगको प्रतिवेदन, च्यातिएको मतपत्र, प्रहरीले उठाए घटनास्थलको मुचुल्का, मतगणना स्थगित गर्ने निर्णय र सूचनाको प्रतिलिपि, निर्वाचन अपराध मुद्धाको मिसिलको प्रतिलिपि र अनुगमन समितिको निर्णय र प्रतिवेदनको प्रतिलिपि लगायतका कागजात झिकाउन आदेश गरेको हो । सम्बन्धीत कार्यलयहरुले सबै कागज पत्र सर्वोच्च अदालतमा बुझाई सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...