साउन १ देखि सेयर कारोबारमा भ्याट लाग्ने



हाम्रो इकोनोमि

काठमाडौ । सरकारले साउन १ अर्थात् आगामि आर्थिक वर्षदेखि शेयर खरीद बिक्रीमा मूल्य अभिवृद्धि कर(भ्याट) लगाउने भएको छ। आन्तरिक राजस्व विभागले शेयरमा भ्याट लगाउनुपर्ने निष्कर्ष निकाल्दै भ्याट कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको समेत अध्ययन गरिसकेको छ।

विभागले नेपाल स्टक एक्सचेन्ज(नेप्से) र केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)को सफ्टवेयरको समेत स्थलगत अध्ययन गरिसकेको छ। अहिले शेयर खरीद बिक्रीमा भ्याट नलाग्ने भएकोले दुबैको सफ्टवेयरमा नयाँ व्यवस्था गर्नुपर्छ। गत साता अर्थमन्त्रालय र शेयर ब्रोकरबीच साउनदेखि भ्याट लगाउने र विगतको भ्याटलार्इ भने मिलान गर्ने सहमति भएको थियो।

यही सहमति अनुसार अर्थमन्त्रालयले भ्याट कार्यान्वयनको मोडालिटी तयार गर्न विभागलार्इ निर्देशन दिएको थियो। यही निर्देशन अनुसार विभागले भ्याट कार्यान्वयनको तयारी गरेको हो।

महालेखा परीक्षकको कार्यालयले ब्रोकर कमिसनमा भ्याट नलगाइएको भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि विभागले शेयर ब्रोकरहरुको कमिसनमा धमाधम भ्याट मूल्यांकन गर्न थालेको थियो। ब्रोकर नम्बर ५२ र ५३ लाई भ्याट भुक्तानी गर्न पत्राचार भएपछि ब्रोकरहरुले यसअघि शेयरको दोस्रो बजार ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...