पत्रकार उपचार कोषलाई सहयोग



हाम्रो इकोनोमि

भद्रपुर । झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार सहयोग गरेको छ ।

बिद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाई र धर्मा पराजुली प्रसाईले आज नेपाल पत्रकार महासङ्घ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदान स्वरुप पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको संस्थापक प्रिन्सिपल प्रसाईले बताउनुभयो ।

मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिनका लागि सबैसंग उहाँले आग्रह पनि गर्नुभयो ।

महासङ्घले रु एक करोडको कोष स्थापना गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म सो कोषमा करिब रु २४ लाख रकम जम्मा भइसकेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...