चट्याङ लागेर भेडा मरेका किसानलाई एक लाख ६५ हजार क्षतिपूर्ति



हाम्रो इकोनोमि

म्याग्दी । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ ।

गत वर्ष साउन ३१ गते गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ९५ वटा भेडा मरेका थिए । चट्याङ लागेर करिब रु नौ लाख बराबरको भेडा मरेपछि ठूलो क्षति व्यहोरेका किसानलाई राहतस्वरुप एकमुष्ट रु एक लाख ६५ हजार क्षतिपूर्ति रकम उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपक्षी विकास मन्त्रालयले पठाएको रु ९० हजार क्षतिपूर्ति रकममा कार्यालयले रु ७५ हजार थप गरी किसानलाई उपलब्ध गराएको हो । सो रकम सामुदायिक खर्क विकास केन्द्रका अध्यक्ष तथा भेडापालक कृषक रामबहादुर छन्त्यालमार्फत किसानलाई उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ ।

सो क्षतिपूर्ति रकमलाई एउटा भेडाबाख्रा मरे बराबर रु एक हजार ७३७ का दरले किसानलाई राहतस्वरुप उपलब्ध गराउने अध्यक्ष छन्त्यालले बताउनुभयो ।

गुर्जामा करिब २० जना किसानले व्यावसायिक रुपमा गर्दै आएको भेडापालनमा अहिले करिब तीन हजारको सङ्ख्यामा भेडा रहेका छन् । गुर्जामा घर–घरमा पालिने भेडालाई बर्खा याममा सामूहिक हिसाबले हिमाली क्षेत्रमा लगेर पालनपोषण गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...