नगरको पहिलो निर्णय खानेपानी र विद्युत्मा जोड
बाजुरा । हालै निर्वाचित बूढीनन्दा नगरपालिकाको पहिलो बैठकले नगरक्षेत्रमा खानेपानी विस्तार विद्युत् सेवा पु¥याउने निर्णय गरेको छ ।
निर्वाचन पछि पदबहाली भएलगत्तै पदाधिकारीको बैठकले कोल्टी बजारमा खानेपानीको समस्या र विद्युत् आपूर्ति नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएकाले ती विषयलाई पहिलो प्राथमिकतामा राखेको नगरप्रमुख पदमकुमार गिरीले जानकारी दिनुभएको छ ।
बैठकले सडक शिक्षा, स्वास्थ्य र प्रत्येक वडामा वडाकार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्राकृतिक रुपमा सम्पन्न बूढीनन्दा नगरपालिकामा रहेको पर्यटकीय स्थलको श्रव्यदृश्य बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पहल गरिने उपप्रमुख सृष्टि रेग्मीले बताउनुभयो ।
नगरपालिकाका प्रत्येक वडामा सडक सञ्जाल विस्तार गरिने, वडावासीलाई व्यावसायिक बनाउने जस्ता कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ ।