सेयरबजारमा हरियाली, नेप्से र कारोबार दुबै बढ्यो



काठमाण्डौं । साताको अन्तिम दिनको कारोबारमा सेयरबजार ३१.५ अंकले बढेर १५८२.११ अंकमा उक्लिएको छ ।  नेप्से परिसूचक संगै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.९० अंकले बढेर ३३६.१० अंकमा उक्लिएको छ ।

विहिबार १४८ कम्पनीका ३५ लाख कित्ता शेयर ७६ करोड रुपैयाँमा खरीद बिक्री भए । आज सबैभन्दा बढी नेरुड लघुवित्त विकास बैंकको ६ करोड २० लाख रुपैयाँको शेयर खरीद बिक्री भयो ।

कारोबार रकमकै आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ । यो इन्स्योरेन्सको पाँच करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।आज कारोबारमा आएका सबै उपसुचक बढेका छन् । बैंक २४.५३, होटल ५८.८७, विकास बैंक ३९.४५, जलबिद्युत २०.७४, फाइनान्स ४.९२, बीमा ३१९.९, उत्पादन मुलक ११.२४ र अन्य ४.३४ अंकले बढेको छ ।

आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयर धनीले करिब आठ प्रतिशत कमाएका छन् भने सबै भन्दा बढी प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार