पाथीभरा गोल्डकप साउन २३ गतेदेखि



हाम्रो इकोनोमि

ताप्लेजुङ । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ ।

खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापनलगायत काम पनि तीव्ररुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो ।

निर्वाचनका कारण समयमै तयारी गर्न नभ्याएको तर प्रतियोगितालाई निरन्तरता दिन छोटो समयमा नै तीव्ररुपमा काम गर्नु परिरहेको उहाँले बताउनुभयो । विगतका वर्षमा जस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, विभागीय टिम, भारत र भुटानलाई पनि उक्त खेलका लागि आमन्त्रित गर्ने तयारी भएको गुरुङको भनाइ छ ।

गोल्डकपको पुरुष विजेता टिमलाई रु एक लाख ५१ हजार, उपविजेतालाई रु एक लाख ११ हजार तथा महिला विजेता टिमलाई रु ५१ हजार र उपविजेतालाई रु ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...