पाथीभरा गोल्डकप साउन २३ गतेदेखि



ताप्लेजुङ । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ ।

खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापनलगायत काम पनि तीव्ररुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो ।

निर्वाचनका कारण समयमै तयारी गर्न नभ्याएको तर प्रतियोगितालाई निरन्तरता दिन छोटो समयमा नै तीव्ररुपमा काम गर्नु परिरहेको उहाँले बताउनुभयो । विगतका वर्षमा जस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, विभागीय टिम, भारत र भुटानलाई पनि उक्त खेलका लागि आमन्त्रित गर्ने तयारी भएको गुरुङको भनाइ छ ।

गोल्डकपको पुरुष विजेता टिमलाई रु एक लाख ५१ हजार, उपविजेतालाई रु एक लाख ११ हजार तथा महिला विजेता टिमलाई रु ५१ हजार र उपविजेतालाई रु ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ