मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो



हाम्रो इकोनोमि

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ ।

सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताउनुभयो ।
“सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो” – उहाँले भन्नुभयो ।

हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवम् मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ । २७ दशमलव पाँच किमी सुरुङमध्ये अहिलेसम्म २५ किमीको काम सकिएको तर दुई दशमलव पाँच किमी सुरुङको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखे पनि पूरा हुन कठिन छ । पुससम्ममा सुरुङको काम सक्ने गरी काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...