साझा बस स्वयम्भूदेखि साँगासम्म सञ्चालनमा



हाम्रो इकोनोमि

भक्तपुर । गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ । साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ ।

साँगासम्म सञ्चालन हुने बस सेवाको बुधबार पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...