उपनगरपालिका पदाधिकारीले पदभार ग्रहण गरे



हाम्रो इकोनोमि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख डा. धवलशम्शेर राणाले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुख उमा थापामगर, वडाध्यक्ष र सदस्यले पनि आजैदेखि आआफ्नो पदभार सम्हाल्नुभएको छ ।

नगरपालिका परिसरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नु भएपछि उहाँहरुले पदभार सम्हाल्नु भएको हो ।

नगर प्रमुख, उपप्रमुखसमेत नेपालगन्ज उपमहानगरपालिकाको कूल २३ वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यस अवसरमा नवनिर्वाचित प्रमुख राणा र उपप्रमुख मगरले जनतालाई गरेको वाचा र नगरको आवश्यकताअनुसार आफूहरुले काम गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...