जस्तापाता पाएपछि दलित समुदाय हर्षित



हाम्रो इकोनोमि

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाकी सरिखा खत्वेले जसोतसो फुसको घरमा जीवन चलाइरहनु भएको थियो । एकातर्फ घरको समस्या र अर्कोतिर घरमा चर्पी नहुँदा कहाँ दिसापिसाब गर्न जाने भने समस्याले पिरोलिरहेको थियो ।

उहाँलाई चर्पी नहुँदा दिसापिसाब गर्न बाँसघारी वा खोलानाला तथा सार्वजनिक ठाउँमा जानुपर्ने बाध्यता थियो । उहाँ जस्तै बबिया–९ कै जितु खत्वे, गणेशी राम, लीला विक, भोटे विक, रमिला खत्वे, बुदनी सरदारलगायतका ४५ परिवारको अवस्था उस्तै थियो । दलित र विपन्न भएका कारण फुसको घरमा जसोतसो गुजारा गरे पनि दिसापिसाब गर्नलाई चर्पी नहुँदा सधैँ सार्वजनिक ठाउँमा जानुपर्ने बाध्यता थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले राम्रो घर र चर्पी बनाउन सकेका छैनन् । तर स्थानीय एक दलित सञ्जालले उहाँहरुको समस्या हेरेर जस्तापाता वितरण गरेपछि अहिले भोग्दै आउनुभएको समस्याबाट मुक्ति पाएको अधिकारकर्मी कमला खत्वेको भनाइ छ । उहाँहरुको समस्यालाई मध्यनजर गरी चर्पी निर्माण तथा छानो र घेराबेराका लागि स्थानीय दलित सञ्जालले जस्तापाता वितरण गरेको हो ।

विपन्न त्यसमाथि सुकुम्बासी जीवन बिताइरहेका त्यहाँका ४५ जनालाई दलित सञ्जालले चर्पी निर्माण तथा छानो र घेराबेराका लागि प्रत्येक परिवारलाई तीन-तीन थानको दरले जस्तापाता (टिन) वितरण गरेको हो ।

दलितहरुलाई तीन-तीन थानको दरले जस्तापाता (टिन) वितरण गरेको र सोबाट चर्पी निर्माणमा योगदान पुग्ने दलित सञ्जालका अध्यक्ष जोगनारायण खत्वेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...