जस्तापाता पाएपछि दलित समुदाय हर्षित



हाम्रो इकोनोमि

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाकी सरिखा खत्वेले जसोतसो फुसको घरमा जीवन चलाइरहनु भएको थियो । एकातर्फ घरको समस्या र अर्कोतिर घरमा चर्पी नहुँदा कहाँ दिसापिसाब गर्न जाने भने समस्याले पिरोलिरहेको थियो ।

उहाँलाई चर्पी नहुँदा दिसापिसाब गर्न बाँसघारी वा खोलानाला तथा सार्वजनिक ठाउँमा जानुपर्ने बाध्यता थियो । उहाँ जस्तै बबिया–९ कै जितु खत्वे, गणेशी राम, लीला विक, भोटे विक, रमिला खत्वे, बुदनी सरदारलगायतका ४५ परिवारको अवस्था उस्तै थियो । दलित र विपन्न भएका कारण फुसको घरमा जसोतसो गुजारा गरे पनि दिसापिसाब गर्नलाई चर्पी नहुँदा सधैँ सार्वजनिक ठाउँमा जानुपर्ने बाध्यता थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले राम्रो घर र चर्पी बनाउन सकेका छैनन् । तर स्थानीय एक दलित सञ्जालले उहाँहरुको समस्या हेरेर जस्तापाता वितरण गरेपछि अहिले भोग्दै आउनुभएको समस्याबाट मुक्ति पाएको अधिकारकर्मी कमला खत्वेको भनाइ छ । उहाँहरुको समस्यालाई मध्यनजर गरी चर्पी निर्माण तथा छानो र घेराबेराका लागि स्थानीय दलित सञ्जालले जस्तापाता वितरण गरेको हो ।

विपन्न त्यसमाथि सुकुम्बासी जीवन बिताइरहेका त्यहाँका ४५ जनालाई दलित सञ्जालले चर्पी निर्माण तथा छानो र घेराबेराका लागि प्रत्येक परिवारलाई तीन-तीन थानको दरले जस्तापाता (टिन) वितरण गरेको हो ।

दलितहरुलाई तीन-तीन थानको दरले जस्तापाता (टिन) वितरण गरेको र सोबाट चर्पी निर्माणमा योगदान पुग्ने दलित सञ्जालका अध्यक्ष जोगनारायण खत्वेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...