मेसी ५ वर्षसम्म बार्सिलोनामै रहने



काठमाण्डौं । लियोनल मेसी सन् २०२१ सम्म बार्सिलोनामै रहन तयार भएका छन् । यो अनुबन्ध भएपछि मेसीले आफ्नो सम्पूर्ण व्यावसाियक खेलजीवन स्पेनी क्लब बार्सिलोनामै टुंग्याउने निश्चित भएको छ । विश्व फुटबलका सुपर स्टार मेसीले १७ वर्षअगाडि बार्सिलोनासँग किशोर अवस्थामै अनुबन्ध गरेका थिए । नयाँ अनुबन्धपछि उनी ३४ वर्षको उमेरसम्म क्याटलन क्लबमै रहने छन् । बार्सिलोनाले नयाँ अनुबन्ध हुनेबारे बुधबार घोषणा गरेको हो ।

यससँग पाँचपल्टका बालोन डे’अर विजेताको भविष्यबारे रहेको अन्योल पनि समाप्त भएको छ । ‘प्रि–सिजनका लागि मेसी क्लबमा फर्केयता आउने केही सातामा सम्झौतामा हस्ताक्षर हुनेछ,’ क्लबले जनाएको छ । आफ्नो बाल्यकालदेखिकी प्रेमिकासँग विवाह गरेका मेसीले हालै अर्जेन्टिनामा हनीमून मनाइरहेका छन् । यसअघि मेसीले आफ्नो पहिलो क्लबका लागि खेल्न भविष्यमा अर्जेन्टिना फर्कने इच्छा देखाएका थिए ।

उनको पहिलो क्लब रोसारियोको सीए नेवेल्स ओल्ड ब्वाइज रहेको छ । तर उनले त्यति बेला आफ्नो प्रमुख उद्देश्य बार्सिलोनाका लागि थप बढी उपाधि जित्ने रहेको पनि बताएका थिए । मेसी १३ वर्षदेखि बार्सिलोनामा छन् । उनी यसै सहरलाई आफ्नो घर पनि मान्छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेफ मारियाले मेसीलाई क्लबमै राख्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका थिए । ‘हामी चाहन्छौं, विश्व फुटबलका उत्कृष्ट खेलाडीले बार्सिलोनाबाटै खेलोस् । मेसीले बार्सिलोनाबाटै खेल्न सुरु गरे, उनले संन्यास पनि बार्सिलोनाबाटै लेओस्,’ अध्यक्षले भनेका छन् ।

नयाँ अनुबन्धअनुसार उनले कति पारिश्रमिक पाउने हुन्, त्यो बाहिर आएको छैन । तर स्पेनी मार्का स्पोर्ट्स डेलीका अनुसार अनुबन्ध ३४ करोड डलर बराबर रहेको छ । दुई पक्षबीचको पछिल्लो अनुबन्ध सन् २०१८ मा समाप्त हुनेछ । मार्काका अनुसार अब मेसीले पारिश्रमिकमा प्रत्येक वर्ष दुई करोड युरो पाउने छन् । त्यसमा मेसीले विज्ञापनबाट पाउने रकम र राम्रो खेलेवापत पाउने बोनस समावेश छैन । सन् २००० मा मेसी बार्सिलोनाको युथ ट्रेनिङ सेन्टरमा आबद्ध भएका थिए ।

क्लबले बुधबार जनाएको छ, ‘मेसीले १६ वर्षको उमेरमा एफसी पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो टिमबाट खेले । लगत्तै उनले १७ वर्षको उमेरमा स्पान्योलबाट स्पेनी लिगमा डेब्यू गरे । नोउ क्याम्पमा उनले अल्बाटेसविरुद्ध पहिलो सिनियर स्तरको गोल गरे ।’ नयाँ अनुबन्ध भएयता बार्सिलोनाका समर्थकले राहत भने महसुस गर्न सक्ने छन् । अन्यथा पछिल्लो सिजन बार्सिलोनाका लागि खराब रह्यो । बार्सिलोनाले गत सिजन कोपा डे रे मात्र जित्न सकेको थियो ।

प्रतिक्रिया दिनुहोस
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका

क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको तयारी

      नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

    कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२०