भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै



हाम्रो इकोनोमि

काठमाण्डौं । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ ।

बाढी पीडितलाई लक्षित गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटानस्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।

त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनर्निर्माणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । महुली नदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा बाँध भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिका–५ मा रहेको बस्ती पूर्णरुपमा डुबानमा परेको छ ।

यस्तै, सोही बाढीले साबिकको मैनाकडेरी–५, ६, ९ र लोहजरा–८ स्थितको बस्तीमा पानी पसेर घरमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडासमेत बगाएको र केही घर कटानसमेत गरिएको स्थानीयवासी बिनाई तिवारीले गुनासो गरे । नदीको पानी सिधै बस्तीमा पस्ने गरेकाले पानीको मात्रा बढ्न थालेपछि घर छाडेर अधिकांश व्यक्ति छिमेकीको शरणमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...