ब्याकवार्ड र फरवार्ड बिचको लफडाको सिकार बन्दै राजपा



हाम्रो इकोनोमि

सामुहिक निर्णयमा चल्ने बाचा सहित एक भएको राजपा खिचातानीको राजनीतिमा जाकिए संगै ध्वस्त हुने चरणमा पुगेको उक्त पार्टीको अध्यक्ष मण्डलका नेता महेन्द्र यादबले बताएका छन् । अर्का अध्यक्ष अनिल झा संग बेमेल भए पछि यादबले उक्त कुरा घुमाउरो पाराले ब्यक्त गरेका हुन्।

यादवले एकीकृत पार्टीको विधानमा स्व.गजेन्द्रनारायण सिंह र बाबराम जनम तिवारीको नाम राख्न नमिल्ने बताएका छन् । त्यसको प्रतिबाद गर्दै अनिल झाले राख्नै पर्ने अड्डी लिएका कारण राजपा दर्ता प्रकियामा हिजो त जान सकेननै अब झन् कठिन हुने श्रोतको भनाइ छ।झाले अड्डी लिए पछि यादबले गजेन्द्रनारायण सिंहका विषयमा पार्टीको विधानमा उल्लेख भए कार्लमाक्स र अन्य कम्युनिष्ट नेताहरुको इतिहास पनि उल्लेख गर्नु पर्ने बताउँदै आएका छन् ।

राजपाको मुख्य आधार मधेश भएकोले मधेशको इतिहास र मधेश राजनीतिलाई विर्सिन नहुने बताउँदै आफुहरु पहिचानको संघर्ष गर्दै आएको तर आफ्नै पहिचान विर्सिने काममा सहमत नहुने तर्क गर्दै आएका झाको विचार संग सिंगो मदेश एकाकार छ । तर बाम राजनीति बाट आएका यादबले त्यसलाई स्वीकार नगरे पछि समस्या निम्तिएको छ। त्यसैलाई मिलाउन आज पनि बैठक बस्ने राजपाको तयारी छ। प्रजातान्त्रिक धार र बाम धार बिचको सन्तुलन नमिल्दा उक्त पार्टी फुट्न सक्ने सम्भावना उत्तिकै छ। अर्कातिर ब्याकवार्ड र फरवार्ड बिचको लफडाको सिकार पनि राजपा बन्ने निश्चित छ। ६ अध्यक्ष रहेको राजपामा ब्याकवार्ड र फरवार्डको हिस्स्सा बराबरी छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...