अशोक राई स्थानीय तहको निर्वाचनमा पत्तासाप



हाम्रो इकोनोमि

काठमाडौ । पहिचानको राजीति गरेको संघीय समाजवादी फोरमले स्थानीय चुनावमा जनताद्धारा नरुचाईएको प्रमाणित गरेको छ ।

पहिचानको राजनीतिमा होमिएकाहरुलाई जनताहरुले पहिचानभन्दा पनि राष्ट्रवादी विचारधारालाई स्वीकार गरेको प्रष्टै देखिएको छ ।

पहिचानको राजीनितमा सामेल अशोक राईलाई पहिचानभन्दा पनि राष्ट्रवादी सोचलाई लिएर अगाडी बढ्न दिएको सुझा हो भन्दा फरक नपर्ला जातिय नारा बोकेर नेकपा एमालेबाट अलग भएका अशोक राई स्थानीय तहको निर्वाचनमा पत्तासाफ भएका छन् । एमालेबाट अलग भएपछि उनले संघिय समाजबादी पार्टी निर्माण गरेका थिए ।

संघिय समाजबादी पार्टीलाई विघटन गरी फोरम नेपालमा पुगेका राई आफ्नै क्षेत्रबाट निकै कमजोर सावित भए । संघीय समाजवादी फोरम संसदीय दलका नेता समेत रहेका राईले पूर्व पहाडबाट आफ्नो पार्टीलाई एक स्थान पनि जिताउन सकेनन् । एमालेलाई हराउन उनले कांग्रेससँग गठजोड पनि गरे, तरपनि उनको साख जोगिन सकेन ।

राई मात्र नभई जातिय नारा बोक्ने रकम चेम्जोङ, हेमराज राई, अजम्बर काङमाङ, आङकाजी शेर्पा पनि स्थानीय तहको निर्वाचनमा पत्तासाफ भएका छन् । संघिय फोरम तराईका ६ स्थानमा बिजयी भएपनि अशोक राईको क्षेत्र पूर्व पहाडमा भने शुन्य भयो ।

धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु जस्ता जिल्लामा संघिय फोरमले केही स्थान ल्याउने अध्यक्ष उपेन्द्र यादवको आँकलन थियो । तर एउटा वडा अध्यक्ष बाहेक कुनैपनि प्रमुख पदमा संघिय फोरमले जित्न सकेन । खोटाङमा एउटा वडा अध्यक्षमात्र जितेको छ । अशोक राईको जातिय पहिचानको मुद्दालाई नागरिकले पूर्णतया खारेज गरिदिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...