बुटवल उपमहानगरपालिकामा एमाले विजय



हाम्रो इकोनोमि

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस माओवादी गठबन्धनलाई भत्काउदै नेकपा एमालेका उम्मेदवारहरुलेले मेयर र उपमेयर जितेको छ ।

मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ र उपमेयरमा गोमा आचार्य २५ हजार ३०१ मतसहित विजयी भए । उनीहरुले कांग्रेस९माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डे र जगत पोखरेललाई फराकिलो अन्तरमा पराजित गरेका हुन् । खेलराजले २० हजार ८५१ र जगतले १४ हजार ४९२ मत पाए ।

यसैगरी राप्रपाको पकड क्षेत्र मानिएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बुधबार राति घोषणा भएको मत परिणाम अनुसार प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरि अधिकारी ६७०५ मत ल्याएर विजयी भएका हुन । यसैगरी उपमेयरमा पनि एमालेकै उमा काफ्ले विजय भएका छनु । राप्रपा उपाध्यक्ष दीपक बोहराको प्रभाव क्षेत्र मानिएको र उनले २०७० सालको संविधानसभा निर्वाचन जितेको यस क्षेत्रमा राप्रपा उम्मेदवार तेस्रो भए। उनी सिद्धार्थनगर नगरपालिका ३ को बासिन्दा हुन्।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...