बुटवल उपमहानगरपालिकामा एमाले विजय



हाम्रो इकोनोमि

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस माओवादी गठबन्धनलाई भत्काउदै नेकपा एमालेका उम्मेदवारहरुलेले मेयर र उपमेयर जितेको छ ।

मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ र उपमेयरमा गोमा आचार्य २५ हजार ३०१ मतसहित विजयी भए । उनीहरुले कांग्रेस९माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डे र जगत पोखरेललाई फराकिलो अन्तरमा पराजित गरेका हुन् । खेलराजले २० हजार ८५१ र जगतले १४ हजार ४९२ मत पाए ।

यसैगरी राप्रपाको पकड क्षेत्र मानिएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बुधबार राति घोषणा भएको मत परिणाम अनुसार प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरि अधिकारी ६७०५ मत ल्याएर विजयी भएका हुन । यसैगरी उपमेयरमा पनि एमालेकै उमा काफ्ले विजय भएका छनु । राप्रपा उपाध्यक्ष दीपक बोहराको प्रभाव क्षेत्र मानिएको र उनले २०७० सालको संविधानसभा निर्वाचन जितेको यस क्षेत्रमा राप्रपा उम्मेदवार तेस्रो भए। उनी सिद्धार्थनगर नगरपालिका ३ को बासिन्दा हुन्।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...