कृष्णपुर नगरपालिकामा एमाले



हाम्रो इकोनोमि

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा कर्णबहादुर हमाल छ हहजार ७०६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले हेमराज ओझाले पाँच हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी रमिता राना सात हजार १८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा जोगराम चौधरीले पाँच हजार ७५४ तथा र उपप्रमुखमा शर्मिला थापाले पाँच हजार ४०३ मत प्राप्त गर्नुभयो । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको थियो । नौवटा तह रहेको कञ्चनपुरमा भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...