पत्रकारका हत्यारालाई मृत्युदण्डको सजाय



हाम्रो इकोनोमि

कोलम्बो । श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ ।

हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाउनु भएको हो ।

चालीस वर्षीय मेलिसि मेलको नामले निकै लोकप्रीय हुनुुहुन्थ्यो । उहाँले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गर्नुभएको थियो । स्थानीय ‘सण्डे टाईम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत उहाँ एएफपीका लागि कोलम्बोबाट सम्वाददातासमेत हुनुहुन्थ्यो ।

सन् २०१४ को फेब्रुअरी २ तारिखका दिन कोलम्बोमा रहेको आफ्नै घरमा उहाँको हत्या भएको थियो । उहाँको हत्या भएको बेला उहाँका बाबुआमा र भाई पनि घरमै हुनुहुन्थ्यो । उहाँ घरकै भान्सा कोठामा मृत अवस्थामा भेटिनु भएको थियो ।

हत्यारा ठानिएका व्यक्तिले पहिला उनकै घरमा रङ्ग लगाउने काम गरेका थिए । पछि हत्याका लागि उनैलाई भाडामा लिइएको अनुमान गरिएको थियो ।

हत्यारा पहिचान भइसकेपछि यहाँका सरकारी वकिलहरुले पनि उनलाई हदैसम्मको कारबाहीको माग गरेका थिए । सोही बमोजिम नै न्यायाधीशले पनि उनलाई मृत्युदण्डको सजाय सुनाएका कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका छन् । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन ।

तर यी पछिल्लो पत्रकार गुणशेखराको हत्यामा घरमा रङगरोगन लगाउने मानिस किन संलग्न भए भन्ने विषय भने खोजीको विषय भएको पत्रकारहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...