बल्ल बढ्यो सेयर बजार, ४८ करोड २९ लाखको कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ९.७८ अंकले बढेर १५५१.०६ अंकमा उक्लिएको छ।

दिनभरीमा १३८ कम्पनीका १० लाख ७९ हजार कित्ता शेयर किनबेच भएर रू.४८ करोड २९ लाख बराबरको कारोबार भएको हो । यस समयमा कारोबारमा आएका होटल समूह र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से बढ्नमा टेवा पुगेको हो ।

सो दिन जलविद्युत कम्पनीको परिसूचक १ दशमलव शून्य ७ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ७४, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ७२, बीमा कम्पनीको शून्य दशमलव ६२, वित्त कम्पनीको शून्य दशमलव २८ र अन्य समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको छ । त्यसैगरि, होटल समूहको शून्य दशमलव २८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १४ प्रतिशतले परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...