८ घण्टामा ५०० मत गन्दा प्रतिदिन २३ सय भत्ता, तै पनि गन्ने पाईएन



हाम्रो इकोनोमि

बिराटनगर महानगरको मत गन्ने क्रमले सुस्तता पाए पछि काठमाडौँ बाट अनुभबी गणक बिराटनगर पुगेका छन। मतगणनाको सुस्त गतिले दिक्क भएको क्षेत्रीय निर्वाचन कार्यालयले असार १७ गते नै सार्वजनिक सूचना जारी गरी एउटा लचिलो निर्णय गरेको थियो- मत गन्न जो आए पनि हुने। पत्र पनि नचाहिने। परिचयपत्र मात्र भए पुग्ने। एउटै शर्त- एक सिफ्ट अर्थात् ८ घण्टामा ५ सय थान मत गन्नै पर्ने। गणनामा खटिनेले सरकारको नियमअनुसार १६ सय र थप ७ सय गरी २३ सय रुपैयाँ प्रतिदिन भत्ता पाउँछन्।

अदालत, सरकारी कार्यालयहरु, सरकारी स्वामित्वका संघसंस्थाहरु, बोर्ड र समितिहरुका कर्मचारीमात्र मान्य हुने पनि क्षेत्रीय निर्वाचन कार्यालयको अर्को शर्त थियो। तर शर्त अनुसार काम गर्ने गरि जान कोहि पनि तयार भएनन्।र, काठमाडौँबाट एक दर्जन गणक बिराटनगर पुगेपछि मत गन्ने काम तिब्र भएको छ।अबको साता दिन भित्र मतगणना भइसक्ने निर्वाचन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...