स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा जोड



हाम्रो इकोनोमि

काठमाडौँ । सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा. राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताउनुभयो । संविधानले तोकेको अवधिभित्र सबै प्रकारका निर्वाचनको तयारीमा सरकारको आवश्यक तदारुकता नदेखिएको टिप्पणी गर्दै उहाँले त्यसका लागि आवश्यक कानुन र तयारी हुन नसकेको बताउनुभयो ।

सांसद राजाराम स्याङ्तानले स्थानीय तहमा आवश्यक कर्मचारी नभएर काम गर्न कठिनाइ भएको उल्लेख गर्दै स्थानीय तहको शासन सञ्चालनसम्बन्धी ऐन कहिले आउँछ भनी प्रश्न गर्नुभयो ।

सांसद डिल्लीप्रसाद काफ्लेले कालीकोटमा जलविद्युत् निर्माणका लागि भारतीय कम्पनीले पाएको स्वीकृतिका सम्बन्धमा डलरमा ऊर्जा खरिद सम्झौताबाट राज्यलाई घाटा हुने बताउँदै उक्त आयोजना सरकारले आफँैले गर्नुपर्ने माग गर्नुभयो ।

सांसद हिराबहादुर केसीले बाढीपहिराबाट भएको क्षतिका सम्बन्धमा पर्याप्त मात्रामा राहत र उद्धार हुन नसकेको बताउनुभयो ।

सांसद जनकराज जोशीले अन्तरिम संविधान, २०६३ मा भएको सहमतिको व्यवस्था हालको संविधानमा नभए पनि सहमतिका नाममा संसद् बाहिर बन्द कोठामा बसेर दीर्घकालीन असर पार्ने र ठूला सहमति हुने गरेको प्रति आपत्ति जानाउनुभयो ।

सांसद श्यामकुमार श्रेष्ठले सहमतिको राजनीति नराम्रो होइन तर नेपालमा यो भागबण्डाका रुपमा विकृत भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...