आज मन्त्रीपरिषद विस्तार गर्ने सुरमा रहेका प्रधानमन्त्रीलाइ गलाउन रामचन्द्र पौडेलले अत्तो थापेका छन्। पौडेल पक्षधरलाई ४ वटा मन्त्रालय दिने तयारीमा देउवा रहेको बुझे पछि महामन्त्री डा.सशांक कोइरालाको निवासमा पौडेलले आफु पक्षका नेता डाकेर ४ वटा मन्त्रालयले नहुने र किन कुन मन्त्रालय दिने हो त्यसको टुंगो लागे पछि मात्र मन्त्रीको नाम दिने बताएका छन।
त्यस्तै पौडेल समूहले सरकार सञ्चालन कार्य नीतिको समेत देउवासमक्ष माँग गर्ने निर्णय गरेको छ । उता राजनीतिक नियुक्तीमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा प्रष्ट खाका अर्थात टिओर बनाएर जानुपर्ने पौडेल समूहले अडान लिएको छ ।बैठकबाटै मन्त्रालय कति पाउने भन्ने कुरामात्रै नभएर महत्वपूर्ण मन्त्रालय भागबण्डा गर्नुपर्यो भन्दै नेता पौडेलले देउवालाई फोनमा आफ्नो कुरा राखेको स्रोतको दाबी छ । माग पुरा नगरे सरकारमा नजाने पौडेल समुहको निर्णय भएको सो समुहका नेताले बताए। पौडेलले नामावली नदिए पनि आफु पक्षीय र माओबादीका मन्त्रीलाई आजै साझ सपथ खुवाउने तयारीमा देउवा रहेको बुझिएको छ। अर्कातिर पौडेल संग कुरा मिले आज विस्तार नगरी भोलि मन्त्रीपरिसद विस्तार हुन सक्ने पनि श्रोतको भनाइ छ।