पशुपन्छीको व्यावसायिक विकासका लागि रु तीन अर्ब



हाम्रो इकोनोमि

काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ ।

उक्त कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि, खोपलगायत विषय समावेश गरिएको छ । देशका सातै प्रदेशमा पशुअन्तर्गत गाई, भैँसी, पाडापाडी, खसीबोका, भेँडाच्याङ्ग्रा तथा पन्छीमा कुखुरा, हाँस, अस्ट्रिचलगायत पालन गर्ने कृषकलाई बजारको अवस्था तथा उपभोक्ताको मनोविज्ञानका बारेमा व्यावसायिक तालिम उपलब्ध गराइनेछ ।

यस किसिमको योजनाबाट दूध तथा मासुको उत्पादनमा वृद्धि भई त्यसको खपत स्वदेशमा बढाउन सकिएमा मुलुकलाई मासु र दूधबाट आत्मनिर्भर बनाउन सकिनेछ ।मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले उक्त प्रयोजनका लागि रु तीन अर्ब १४ करोडको खर्च विनियोजन गरिएको जानकारी दिँदै खर्च सबै स्थानीय तहमा आवश्यकतानुसार पठाइने बताउनुभयो ।
तालिमप्राप्त कृषकले थोरै लगानीमा धेरै लाभ प्राप्त गर्न सक्ने र त्यस क्षेत्रमा राम्रो उत्पादन गरी वस्तुलाई बजारमा आपूर्ति गर्ने विश्वास गरिएको छ । मन्त्रालयले ल्याएको सो योजनाबाट पशु तथा पन्छीको व्यवसायमा संलग्न कृषकको आर्थिक समृद्धि तथा राष्ट्रको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...