झापाको बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

काँकडभिट्टा (झापा) । मध्य झापाको बाह्रदशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेका छन् ।

अध्यक्षमा खड्गप्रसाद राजवंशी (५५३९ मत) र उपाध्यक्ष पदमा रत्ना राजवंशी (५४५३ मत) ले विजयी हुनुभएको हो । अध्यक्ष पदमा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याउनुभएको थियो ।

झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटाको परिणाम आइसकेको छ । जसमध्ये तीनवटा गाउँपालिका हल्दिबारी, केचनकवल र गौरीगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कनकाई नगरपालिकामा नेकपा एमाले, कमल गाउँपालिकामा नेकपा एमाले र झापा गाउँपालिका र बाह्रशीमा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

बाँकी रहेका मेचीनगर, दमक, भद्रपुर, विर्तामोड, शिवसताक्षी र अर्जुनधारा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले अगाडिे छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...