झापाको बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

काँकडभिट्टा (झापा) । मध्य झापाको बाह्रदशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेका छन् ।

अध्यक्षमा खड्गप्रसाद राजवंशी (५५३९ मत) र उपाध्यक्ष पदमा रत्ना राजवंशी (५४५३ मत) ले विजयी हुनुभएको हो । अध्यक्ष पदमा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याउनुभएको थियो ।

झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटाको परिणाम आइसकेको छ । जसमध्ये तीनवटा गाउँपालिका हल्दिबारी, केचनकवल र गौरीगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कनकाई नगरपालिकामा नेकपा एमाले, कमल गाउँपालिकामा नेकपा एमाले र झापा गाउँपालिका र बाह्रशीमा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

बाँकी रहेका मेचीनगर, दमक, भद्रपुर, विर्तामोड, शिवसताक्षी र अर्जुनधारा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले अगाडिे छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...