घोडाघोडी र लम्किचुहा नगरपालिकामा एमालेको जित



हाम्रो इकोनोमि

धनगढी । दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीको रुपमा आईरहेको छ । स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहरिहेकै छ । यसैक्रममम भर्खरै मात्र कैलालीको घोडाघोडी र लम्किचुहा गरी दुई नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको हो।

एमालेका तपेन्द्र रावलले ८ हजार १६४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए ।
उपमेयरमा एमालेकी लक्ष्मी चौधरी ७ हजार २३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ममता चलाउनेले ७ हजार ६४ मत पाइन् ।

कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमाले जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...