लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ



हाम्रो इकोनोमि

काठमाण्डौँ । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।

सप्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख ५३१४ नंको बसमा झोलाभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा सिरहा लहानका १७ वर्षीय सन्तोष पासवान र २० वर्षीय अर्जुन महतोलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

यस्तै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सोलुखुम्बुका ३३ वर्षीय राजेन्द्र राउत र काभ्रेपलाञ्चोकका २३ वर्षीय गणेश गिरीलाई गौशालाबाट पक्राउ गरेको छ ।

पासवान र महतोको साथबाट ५० एम्पुल डाइजेल्याब, ५० एम्पुल नुर्फिन, ५१ एम्पुल फेनार्गन र ५८ ट्याबलेट नाइट्राजेपाम बरामद गरिएको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले दिनुभयो ।

घटनासम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...