ठुला तीन आयोजनाको काम शुरू



हाम्रो इकोनोमि

काठमाण्डौं । दार्चुला र बझाङका तीनओटा जलविद्युत् आयोजनाको काम शुरू भएको छ । दार्चुलाको नौगाड दोस्रो (८ मेगावाट) तथा बझाङमा माथिल्लो कालङ्गागाड (३८ दशमलव ४६ मेगावाट) र कालङ्गागाड (१५ दशमलव ३३ मेगावाट) आयोजनाको निर्माण शुरू भएको हो ।

नौगाड आयोजनाको अनुमानित लागत १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । माथिल्लो कालङ्गागाड र कालङ्गागाड आयोजनामा माछापुच्छ्रे र एनएमबी बैङ्कको अगुवाइमा १२ ओटा बैङ्कले ६ अर्ब ८४ करोड रुपैयाँ ऋण र प्रवर्द्धकबाट २ अर्ब २८ करोड रुपैयाँ लगानी सम्झौता भएको छ । माथिल्लो कालङ्गागाडमा राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, एनसीसी बैङ्क, सनराइज बैङ्क, जनता बैङ्क, कुमारी बैङ्क र सिभिल बैङ्कले चार अर्ब ७४ करोड लगानी गर्दै छन् । यस्तै, कालङ्गागाडका लागि एनएमबीको अगुवाइमा एनआईसी एशया, सिभिल, जनता, देव विकास र ज्योति विकास बैङ्कले २ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

दुवै आयोजना बझाङको साबिकका दहबगर, खिरातडी, सुनकुडा र बाँझ गाविसमा पर्छन् । माथिल्लो कालङ्गागाड ४ वर्ष र कालङ्गागाड ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

यस्तै, अपि हाइड्रोपावर कम्पनीले नौगाड आयोजनाको निर्माण अगाडि बढाएको हो । उक्त आयोजना दार्चुलाका सिप्टी र धुलीगडाको सीमामा पर्छ । जुन करीब १८ महीनाभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिएको सञ्चालक इन्छमणि त्रितालले बताए । उक्त आयोजना सञ्चालनमा आएपछि ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिनेछ । उक्त आयोजनाका लागि ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...