फेरि ओरालो लाग्यो नेप्से, जम्मा ३७ करोड ५९ लाखको सेयर कारोबार



काठमाडौँ । मंगलबार शेयर बजार ३.०१ अंकले घटेर १५४१.२८ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३७ अंकले घटेर ३२७.०८ अंकमा ओर्लिएको हो।

१४२ कम्पनीको सेयर खरिद बिक्रि हुँदा कारोबार रकम भने ३७ करोड ५९ लाख रुपैयाँमा सिमित भएको हो। रकमसँगै खरिद बिक्री हुने शेयर संख्यामा पनि गिरावट आएको छ। चार घण्टाको जम्मा ६ लाख ६४ हजार कित्ता मात्र शेयर कारोबार भएको हो। नेप्से उचाईमा पुगेको बेला २० लाख कित्ता शेयर कारोबार हुनुलाई सामान्य मानिन्थ्यो। कारोबार रकम र शेयर संख्याको समेत गिरावटले लगानीकर्ता यतिखेर पर्ख र हेरको अबस्थामा रहेको प्रस्ट्याएको छ ।

मंगलबार उपसुचक मिस्रित देखिएका छन्। बैंक २.०६, विकास बैंक ४.०१, जलबिद्युत १३.४८, बीमा ३३.३६ र उत्पादन मुलक ३.२६ अंकले घटेका छन्। होटल १५.३४ र फाइनान्स ०.११ अंकले बढेका छन् भने अन्य समूहमा कुनै फेरबदल भएन ।

आज फर्वार्ड माइक्रोफाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन् भने सिर्जना फाइनान्सका शेयर धनीले करिब ६ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार