वायुसेवा कम्पनीको हवाई भाडा घट्यो, यस्तो छ नयाँ भाडादर



हाम्रो इकोनोमि

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् ।

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो ।

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको थियो ।

यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिनुभयो ।

नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २०० थियो ।

त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६७६, भैरहवाको रु पाँच हजार ९१३, धनगढीको रु १२ हजार १९ र नेपालगन्जको रु आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७००, भैरहवाको रु छ हजार, धनगढीको रु १२ हजार २०० र नेपालगन्जको रु नौ हजार ५०० थियो ।

त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७०० तिर्नुपथ्यो भने अब रु चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा रु चार हजार लाग्थ्यो ।

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान रु तीन हजार ३५३ लाग्छ । पहिला रु तीन हजार ५०० थियो ।

तुम्लिङ्टारको भाडा रु पाँच हजार ७०० बाट घटाएर रु पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८६२ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...