सूर्योदयमा एमाले विजयी



हाम्रो इकोनोमि

इलाम । सूर्योदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमलाल चाम्लिङले १० हजार ३२९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकै दुर्गा भट्टराई १२ हजार ८९० मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी वन्दना अधिकारीले नौ हजार ९९७ मत प्राप्त गर्नुभयो ।

यससँगै यहाँका १० वटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये इलाम, माई, देउमाई नगरपालिका र सूर्योदय नगरपालिका तथा सन्दकपुर, माई जोगमाई र चुलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले तथा रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसले विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...