फुट्न बाट जोगिन राजपाले दल दर्ता गर्दै,महन्थ लाइ हटाएर राजेन्द्र महतो संयोजक



हाम्रो इकोनोमि

आगामी असोज २ गते २ नम्बर प्रदेशमा निर्वाचन हुने संकेत देखिएको छ । तराई मधेस केन्द्रित ६ वटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णयमा पुगे संगै असोज २ मा चुनाब हुने संकेत देखिएको हो। सोमबार सो पार्टीको अध्यक्ष मण्डलको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरे पछि राजपा चुनाबमा जाने पक्का बनेको हो।

संविधान संशोधन गरी स्थानीय तहको संख्या थप नभएसम्म २ नम्बर प्रदेशको निर्वाचनमा भाग नलिने चेतावनी दिँदै आएको राजपा दल दर्ता गर्ने निर्णयमा पुग्नुको कारण भने पार्टी विभाजनको धम्की रहेको बताइएको छ । राजपा वरिष्ठ नेता हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी भित्रभित्रै सुरु भएपछि दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको हो ।
आफूभन्दा निकै जुनियर राजकिशोर यादवलगायतलाई नेता मान्नुपर्दा त्रिपाठीलगायतको असन्तुष्टि रहँदै आएको थियो । स्रोतका अनुसार त्रिपाठीको प्रस्तावमा अर्का वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाले पनि पूर्ण रूपमा साथ दिएको बुझिएको छ । त्रिपाठीले अर्को पार्टी गठनका लागि दर्जनौ नेताहरु संग छलफल थालेका थिए।

 

चुनावमा भाग लिनेलाई कारबाही गर्न आज राजपाको बैठक बस्दै छ ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा राजपाका नेता निसार अहमद खान विजयी भएका छन् । यस्तै, रुपन्देहीका सातवटा स्थानीय निकायमा राजपाका नेता विजयी भएका छन् । यी सहित अन्य एक दर्जनलाई कारबाही गर्ने बुझिएको छ। साथै केन्द्रीय महाधिवेशनअघि अध्यक्ष मण्डलका ६ जना नेतामध्ये दुई–दुई महिनामा संयोजक परिवर्तन गर्ने सहमतिअनुसार महन्थ ठाकुरले राजेन्द्र महतोलाई पद हस्तान्तरण गर्न लागेका छन। राजपा चुनाबमा आए एमालेले पनि सहयोग गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...

निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...